रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शिक्षा क्षेत्रको सुधारका लागि सरकारले तुरुन्त कदम चाल्नुपर्छ पूर्वमन्त्री अनिता साह

[sharethis-inline-buttons]

काठमाडौँ,चैत२७- पूर्वमन्त्री एवं जनमत पार्टीकी केन्द्रीय सचिव अनिता साहले नेपालको विकास, परिवर्तन र समृद्ध भविष्यको मूल आधार शिक्षालाई मान्नुपर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रमा देखिएको अन्योल र अराजकता अन्त्य गर्न सरकारलाई आग्रह गरेकी छिन्।

आफ्नो सामाजिक सञ्जालमार्फत साहले नेपालको शिक्षा नीति, ऐन, कानून तथा व्यवस्थापनमा रहेको अदूरदर्शिता र त्रुटिका कारण आज शिक्षा क्षेत्र दिशाहीन, गुणस्तरहीन र अन्यौलपूर्ण अवस्थामा पुगेको बताएकी छिन्।

“शिक्षा क्षेत्रमा देखिएका विकृति, विसंगति, अस्तव्यस्तता र अन्यौलताको अवस्थालाई अन्त्य गरिनुपर्छ,” भन्दै उनले शिक्षकहरू आफ्ना न्यायोचित माग लिएर सडकमा उत्रिनु बाध्य हुनु दुःखद भएको जनाएकी छिन्।

हाल काठमाडौँमा जारी शिक्षक आन्दोलनप्रति समर्थन जनाउँदै साहले सरकारसँग तत्काल वार्तामा बस्न र शिक्षकका जायज मागहरू सम्बोधन गर्न आग्रह गरेकी छन्। साथै, उनले शिक्षा नीति, योजना, ऐन कानून र कार्यक्रमहरूको गहिरो पुनरावलोकन गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्।
साहले सबैका लागि समान गुणस्तरीय शिक्षा प्रत्याभूति गर्ने वातावरण बनाउनु अहिलेको समयको आवश्यकता भएको स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर