रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कमला नगरपालिका–७ मा दुई कोठे विद्यालय भवनको शिलान्यास

[sharethis-inline-buttons]

धनुषा, चैत ३०– धनुषा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत कमला नगरपालिका–७ स्थित श्री प्रगतिशील माध्यमिक विद्यालय, हथमुण्डा जागीर टोलमा नयाँ दुई कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रम नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अरगरियाले शिलान्यास गर्दै स्थानीय स्तरमा शैक्षिक पूर्वाधार विकासमा पार्टीको प्राथमिकता रहेको बताउँदै शिक्षा क्षेत्रको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने धारणा व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर