रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

वीरेन्द्र बजारमा नयाँ सबस्टेसन सञ्चालनमा, लो भोल्टेजु समस्या समाधान

[sharethis-inline-buttons]

धनुषा, बैशाख २४ – धनुषा जिल्लाको वीरेन्द्र बजारमा ३३/११ केभी क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा आएको छ। १६.६ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको यस सबस्टेसनले स्थानीय क्षेत्रमा ‘लो भोल्टेज’ समस्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन सिंहका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै विद्युत् आपूर्तिको गुणस्तर र स्थायित्वमा सुधार आउनेछ।

सबस्टेसनबारे जानकारी दिँदै आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार झाले यो सबस्टेसनले करिब २० गणेशमान चारनाथ नगरपालिकामा सञ्चालित गोदार फिडरको लोड घटाउने र पछि सबैला थप्ने बताए।

वितरण केन्द्र धनुषाधामका प्रमुख इन्जिनियर रोशन सिंहका अनुसार सबस्टेसन सञ्चालनसँगै अब वीरेन्द्र बजार र धनुषाधाम सबस्टेसनबीचका केही फिडरहरूलाई रिङ मेन फिडर प्रणालीमा रूपान्तरण गरिनेछ। यस प्रणालीको प्रयोगले विद्युत् आपूर्तिको विश्वसनीयता अझ बढ्ने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर