धनुषाको विदेह नगरपालिका वडा नं. १ की नगर सभा सदस्य सीता देवी दासको यही २०८२ साल बैशाख २५ गते, ७२ वर्षको उमेरमा अकस्मात् निधन भएको दुःखद खबरले सम्पूर्ण नगरवासीलाई मर्माहित बनाएको छ। नगर प्रमुख बेचन दासले शोक सन्देश जारी गर्दै स्व। दासप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
नगर प्रमुखका अनुसार स्व। सीता देवी दास एक इमानदार, समर्पित र अनुभव सम्पन्न जनप्रतिनिधि थिइन्। उहाँको असामयिक निधनले नगरपालिकाले एक कुशल र जनताको हितमा सदैव तत्पर रहने प्रतिनिधि गुमाएको उल्लेख गरिएको छ।
सीता देवी दासले आफ्नो कार्यकालभरि महिला सशक्तिकरण, सामाजिक न्याय र स्थानीय विकासका विविध पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको योगदान नगरपालिकाको समग्र समृद्धिमा अविस्मरणीय रहने मेयर दासले बताउनुभयो ।




