रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिकाद्वारा व्यवसाय दर्ता अभियान प्रारम्भ, घरदैलोमै प्रमाणपत्र वितरण

[sharethis-inline-buttons]

धनुषा, ज्येष्ठ ७ –धनुषा जिल्लाको सबैला नगरपालिकाले चालु आर्थिक वर्ष २०८१र०८२ का लागि व्यवसाय दर्ता अभियान सुरु गरेको छ। अभियानको पहिलो दिन भठिहन बजारबाट सुरुवात गरिएको हो।

नगर प्रमुख कारी राम यादवको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतो, कार्यपालिका सदस्यहरू तथा नगरपालिका कर्मचारीहरूको टोलीले बजार क्षेत्रमा पुगेर प्रत्यक्षरूपमा व्यवसायीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्र वितरण गरेका छन्।

ूव्यवसायलाई वैध बनाउने प्रक्रियामा सबै व्यवसायीहरूलाई सहभागी गराउने हाम्रो उद्देश्य हो, नगर प्रमुख यादवले बताए। अभियानले व्यवसाय दर्ताको प्रक्रियालाई सहज, पारदर्शी र द्रुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्थानीय व्यवसायीहरूले अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नगरपालिकाको यस प्रयासले व्यवसाय दर्तामा समय र श्रम बचत हुने बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर