रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग,बन्दीप्रत्यक्षीकरणको निवेदन आज पनि सुनुवाइ

[sharethis-inline-buttons]

८ जेठ, धनुषा। पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन बिहीबार पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुन सकेन । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइलाई निरन्तरता दिनेछ । आफ्नो पति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिता पौडेलले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर