रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला विहारीमा दलित विकास तथा उथानका लागि क्षमता विकास तालिम सम्पन्न

[sharethis-inline-buttons]

मुकेश कुमार ठाकुर,धनुषा — मिथिला विहारी नगरपालिकामा दलित समुदायको सशक्तीकरण तथा उन्नतिको उद्देश्यले तीन दिने क्षमता विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगरपालिकाको आर्थिक सहयोगमा प्रगतिशील महिला विकास नेपालद्वारा आयोजना गरिएको हो।

तालिमको समापन कार्यक्रम दलित विकास समिति अध्यक्ष तथा नगर कार्यपालिका सदस्य राम उद्वगार दासको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेयर राजेन्द्रप्रसाद यादव सहभागी रहनुभएको थियो । उहाँले कार्यक्रममा बोल्दै नगरपालिकाले निरन्तर दलित, महिला तथा बालबालिकाको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै सीपमूलक कामहरूमा नगरवासीलाई संलग्न गराउँदै अघि बढाइरहेका छौँ, मेयर यादवले भन्नुभयो। साथै, उहाँले संविधानले दिएको अधिकारको प्रभावकारी प्रयोग आफैंले गर्नुपर्नेमा पनि जोड दिनुभयो।

समारोहमा उपमेयर शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादव, प्रशिक्षक राजेश सक्सेना, जय प्रकाश साह, विजय ठाकुर लगायतको उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत यादवले तालिमले दलित विकास र नगरपालिकाको कार्ययोजनाबारे सहभागीहरूलाई जानकारी दिएको बताउनुभयो। उपमेयर साहले पनि यस्ता कार्यक्रमहरूले सहभागीहरूमा चेतना वृद्धि भएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर