धनुषा, असार ४ गते । सबैला नगरपालिकाको कृषि शाखाको आयोजनामा आज नि:शुल्क फलफुल तथा औषधिजन्य बिरुवा वितरण कार्यक्रम गरिएको छ।
नगर प्रमुख कारीराम यादव र प्रमुख प्रशासकीय अधिकृत सबिर कुमार महतोले संयुक्त रूपमा जनतालाई बिरुवा वितरण गर्नुभएको छ। नगरभित्रका सबै वडाका नागरिकहरूलाई बिरुवा वितरण गर्नुभएको हो।
कार्यक्रममा योजना शाखा प्रमुख बिरेन्द्र लाल कर्ण,कृषि तथा पशु प्राविधिक शाखाका प्रमुख राजकिशोर सल्हैता लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत आम, लिची, कागती लगायतका फलफुलको बिरुवा वितरण गरिएको हो।
नगरपालिकाले वातावरणीय संरक्षण, कृषिमा विविधता र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
तपाईको प्रतिक्रिया




