– नागेन्द्र महरा, धनुषा
धनुषा जिल्लाको हंसपुर नगरपालिका–३ का वडा अध्यक्ष उदय सिंह, जो लोसपा नेपालबाट निर्वाचित भएका जनप्रतिनिधि हुन्, वडामा निर्माण भइरहेको स्वर्गद्वारको काममा आफैँ खटिएका छन्।
सादगी र सेवाभावले परिचित अध्यक्ष सिंह निर्माणस्थलमै बसेर काम गराइरहेका छन्। जनतासँग घुलमिल हुने स्वभावका अध्यक्ष सिंहले मलाई साइकलमा चढाएर कठपुल्लसम्म घुमाउनु भएको अनुभव झनै विशेष रह्यो।
उहाँको यस्तो व्यवहारले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ बलियो बनाएको छ।
तपाईको प्रतिक्रिया




