रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा छात्रवृत्ति वितरण, ४८६ विद्यार्थी लाभान्वित

[sharethis-inline-buttons]

नागेन्द्र महरा।धनुषाधाम, असार १७ — धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित श्री धनुष जनता माध्यमिक विद्यालयमा आज एक विशेष छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक सत्र २०८०/८१ का लागि आयोजित कार्यक्रममा कक्षा १ देखि ८ सम्मका ४८६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद साहले जानकारी दिए।

कार्यक्रम अन्तर्गत छात्राहरूलाई लुगा खरिदका लागि ४०० रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ भने, पुरुष विद्यार्थीहरूमध्ये दलित समुदायमा पर्नेहरूलाई मात्र यो सहयोग उपलब्ध गराइएको हो।

विद्यालयका अनुसार ४०० रुपैयाँका दरले कुल १,९४,४०० रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ। कार्यक्रम विद्यालय प्रशासनको संयोजनमा सम्पन्न भएको हो।

छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनोद कुमार यादव, प्रधानाध्यापक राजेन्द्रप्रसाद साह, शिक्षक पप्पु भिन्वार यादव ,सन्जिप सिंह ,अर्जुन सिंह ,बिष्णु कार्की ,रामपुकार यादव लगायत विद्यालयका अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर