रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सहिदनगरमा एचपिभी खोप अभियान फागुन १ गतेदेखि सुरु हुने

[sharethis-inline-buttons]

धनुषा — धनुषाको सहिदनगर नगरपालिकामा एचपिभी ९ह्युमन पापिलोमा भाइरस० खोप अभियान फागुन १ गतेदेखि सुरु हुने भएको छ। यस सम्बन्धमा पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण तथा बहस(पैरवी बैठक सम्पन्न भएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा नगरप्रमुख दिनेश प्रसाद यादवको अध्यक्षतामा छलफल तथा योजना निर्माण गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख सुनिता सिंह, वडा प्रमुख प्रशासकीय अधिकृत उमेश महतो,अध्यक्षहरू उमेश निराला, शिवकुमार खैवार, रमेश मुखिया, सुरेश कापर, वडा सदस्य सत्यनारायण यादव, रिन्कु कुमारी मण,जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रतिनिधि राम सिनेही यादव, स्वास्थ्य चौकीका प्रमुख तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकमा एचपिभी खोपको महत्व, अभियान सञ्चालन प्रक्रिया तथा कार्ययोजनाका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा कपिलदेव प्रसाद अधिकारी र रामसिकिल यादवले सञ्चालन गरेका थिए।

एचपिभी खोप अभियानले पाठेघरको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्याहरू रोकथाम गर्न मद्दत गर्ने भएकाले नगरपालिकाले यस अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर