रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रचण्डद्वारा मधेसमा ‘हुलाकी मार्ग जनजागरण अभियान’ को घोषणा

[sharethis-inline-buttons]

जनकपुरधाम, माघ २८ – नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम आइपुगेका छन्। जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले मधेसी जनतालाई संगठित र परिचालित गर्ने उद्देश्यसहित ‘हुलाकी मार्ग माओवादी जागरण अभियान’ सञ्चालन गर्न लागेको जानकारी दिए।
उनका अनुसार फागुन १२ गतेदेखि झापाबाट सुरु हुने अभियान विभिन्न मार्ग हुँदै अगाडि बढ्नेछ। अभियानको क्रममा माओवादी नेताहरू नागरिक समाज, पत्रकार तथा स्थानीय जनतासँग छलफल गर्ने, मधेसी समुदायसँगको सम्बन्ध सुधार्ने तथा संगठनलाई बलियो बनाउने लक्ष्य राखिएको छ।
प्रचण्डलाई स्वागत गर्न माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादव सहित नेताकार्यकर्ताहरू उपस्थित थिए। उनीहरूले फूलमाला र खादा अर्पण गर्दै प्रचण्डलाई भव्य स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर