रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

झण्डा मेला महोत्सवमा नगरप्रमुख र वडा अध्यक्षको उत्साहजनक सहभागिता

[sharethis-inline-buttons]

धनुषा । शहीदनगर नगरपालिकामा भव्य रूपमा आयोजना भइरहेको झण्डा मेला महोत्सव मा नगरप्रमुख दिनेश प्रसाद यादव तथा वडा अध्यक्ष मनोज कुमार दासले उत्साहका साथ मेलाको अवलोकन गरेका छन्।

नगर प्रमुख यादव र वडा अध्यक्ष दास मेलामा सहभागी स्थानीय जनतासँग घुलमिल हुँदै झण्डा मेलाको वातावरणको मजा लिँदै गरेको दृश्य विशेष आकर्षणको रूपमा देखिएको थियो। मेलामा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू भइरहेको अवस्थामा नगरप्रमुख र वडा अध्यक्षले स्थानीय व्यापारी, श्रद्धालु एवं आगन्तुकहरूसँग संवाद गर्दै मेलाको व्यवस्थापनबारे चासो व्यक्त गरेका थिए।

यस अवसरमा नगर प्रमुख यादवले झण्डा मेला महोत्सवले स्थानीय सांस्कृतिक परम्पराको जगेर्ना गर्दै सामाजिक एकताको सन्देश फैलाउने बताउनुभयो। वडा अध्यक्ष दासले पनि नगरवासीहरूको सक्रिय सहभागिताले मेलालाई अझ भव्य बनाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो।

यसरी शहीदनगर नगरपालिकाका प्रमुखको सहभागिताले मेलाको माहोल थप रौनकपूर्ण बनेको थियो भने स्थानीय बासिन्दाहरूले उनीहरूलाई स्वागत गर्दै मेलाको महत्वबारे छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर