रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन,देउवा

[sharethis-inline-buttons]

 

१६ फागुन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ । बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ । संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल हुन्छ । पार्टीको सांगठनिक सुदृढीकरण छलफलको एजेण्डा छ, मुख्य सचिव पौडेलले भने, भ्रातृ संस्थाको अधिवेशन समयमै गराउन छलफल हुन्छ । शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर