फागुन १६ काठमाण्डौ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । उहाँको देहावसान भएकोबारे हामीलाई औपचारिक जानकारी भएको छ, सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले भने, । परिवार र आफन्तहरुले बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी हुने जानकारी गराउनुभएको छ । बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयु) मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताए ।
उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् । ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।




