२३ फागुन, भक्तपुर । फागुन शुक्ल अष्टमीको दिन शुक्रवार भक्तपुरस्थित दत्तात्रयको भिमसेन मन्दिरमा चिर स्वायगू अर्थात् चिरोथान होली पर्वको सुरुवात भएको हो । एक हप्ताअघि भक्तपुरको दत्तात्रयमा चिरोथान गरिन्छ ।

नेपाल भाषाबाट लज्ज अर्थात् भिमसेनको लिङ्ग प्रतीकको रूपमा काठको मुढालाई नगरको विभिन्न क्षेत्र परिक्रमा गराइन्छ भने पुनः दत्तात्रयमा ल्याएर भिमसेन मन्दिरमा झुन्ड्याएर राख्ने प्रचलन रहेको छ । यस लिङ्गलाई होली पूर्णिमासम्म मन्दिरमा झुन्ड्याएर राखिन्छ । होली सुरु भएको दिन कमलपोखरीमा लिङ्ग पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भिमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लागि पखालेर ल्याउने गरिन्छ ।
तपाईको प्रतिक्रिया





