रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सेलाएको राजतन्त्रका भुतहरू बौरिन थाले : सुरेश आलेगमर

[sharethis-inline-buttons]

 

नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमगर । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ख्याल गर्न सुझाए । राजतन्त्रको नाममा भइराखेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्’ सांसद मगरले भने । एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा)का सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर सरकारको आलोचना गरेका छन् । साथै सरकारलाई व्यवस्था विरोधी आवाज मथ्थर पार्ने कार्य गर्न समेत सुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर