रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा सञ्चारकर्मीलाई परीक्षा केन्द्र प्रवेशमा रोक

[sharethis-inline-buttons]

 

अजय कुमार साह।धनुषा,चैत ८ – धनुषा जिल्लाको श्री माध्यमिक विद्यालय कुवारामपुर परीक्षा केन्द्रमा सञ्चारकर्मीहरूलाई केन्द्राध्यक्ष मोद नारायण शाहले प्रवेश गर्न नदिएको घटना सार्वजनिक भएको छ।

स्थानीय सञ्चारकर्मीहरूका अनुसार उनीहरू परीक्षा केन्द्रको वस्तुस्थिति बुझ्न र रिपोर्टिङ गर्न पुगेका थिए। तर केन्द्राध्यक्ष शाहले उनीहरूलाई परीक्षा केन्द्रमा टाढै रोक्दै कुनै जानकारी समेत बताएका छन्।

सञ्चार स्वतन्त्रतामाथि यस्तो अवरोध आउनु आपत्तिजनक रहेको भन्दै स्थानीय सञ्चारकर्मीहरूले यसको विरोध गरेका छन्। उनीहरूका अनुसार सार्वजनिक परीक्षा सञ्चालनको पारदर्शिता सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ।

यस विषयमा सम्बन्धित निकायले छानबिन गरी आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर