रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरमा अंशु यादवको हत्यामा कारबाहीको माग गर्दै सडक अवरुद्ध, प्रहरी र स्थानीयबीच झडपू

[sharethis-inline-buttons]

जनकपुरधाम,चैत १७ — होली पर्वका दिन छुरा प्रहारबाट भएको अंशु यादवको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार जनकपुर–जलेश्वर सडकमा स्थानीयले अवरोध गरेका छन् । प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार, छुरा हान्ने मुख्य आरोपीलाई पक्राउ गरिएको छ, अन्य फरार आरोपीहरू भारतमा लुकेका छन्। भारत प्रहरीसँग सहयोग लिएर ती फरारलाई छिट्टै पक्राउ गर्ने एसपी तिवारीको भनाइ छ।

आन्दोलनकारीहरूको प्रदर्शनका क्रममा बिहान ९ बजेदेखि सडक अवरुद्ध गरिएको थियो। सुरक्षाकर्मीले सडक खोल्न प्रयास गर्दा, प्रदर्शनकारीहरूले ढुंगा मुढा गर्दै लखेटेका थिए। झडपमा नेपाल प्रहरीका दस र चार जना सशस्त्र प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले आसु ग्यासको प्रयोग गरेको छ।

गत चैत २ गते जनकपुरमा होली खेल्ने क्रममा विवाद हुँदा १५ वर्षीय अंशु यादवलाई २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरी हत्या गरेका थिए। पीडित पक्षका अनुसार, महतोले अंशुलाई घरबाट बोलाएर हत्या गरेको बताए। घटनापछि महतोलाई पक्राउ गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर