रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हिन्दू युवा परिषद नेपालद्वारा हिन्दू नव वर्ष २०८२ तथा डा.केशव बलिराम हेडगेवारको जन्मजयन्ती मनाइयो

[sharethis-inline-buttons]

जनकपुरधाम, चैत्र १७ – हिन्दू युवा परिषद नेपालले हिन्दू नव वर्ष २०८२ को प्रथम तिथि, चैत्र शुक्ल प्रतिपदाको पावन अवसरमा राष्ट्रीय स्वयंसेवक संघका संस्थापक डा। केशव बलिराम हेडगेवारको जन्मजयन्ती मनाएको छ।

जनकपुरधामस्थित श्री मनोकामना सिद्ध हनुमान मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा हिन्दू युवा परिषद नेपालका केन्द्रीय सञ्चालक सत्यम् मुरारी, जनकपुर विभाग सचिव अजय गुप्ता, धनुषा जिल्ला शारीरिक शिक्षण प्रमुख परमेश्वर कुमार, जनकपुरधाम अध्यक्ष सरोज तथा धनुषा जिल्ला विद्यार्थी प्रमुख निरज भण्डारी लगायत सयौँ कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै परिषदका केन्द्रीय सञ्चालक सत्यम् मुरारीले चैत्र शुक्ल प्रतिपदाको महत्त्व प्रस्ट्याउँदै भने, हिन्दू परम्पराअनुसार यो तिथि नव वर्षको रूपमा मनाइन्छ, भने संक्रान्ति अनुसार वैशाख १ गते नव वर्षको रूपमा मनाइन्छ। दुवै तिथि समान रूपमा महत्त्वपूर्ण छन्।उनले यसै तिथिमा आदि प्रजापति ब्रह्माद्वारा सृष्टि रचनाको आरम्भ, चक्रवर्ती सम्राट युधिष्ठिर र सम्राट विक्रमादित्यको राज्याभिषेक सम्पन्न भएको उल्लेख गर्दै हिन्दू समाजका लागि यो तिथि गौरवशाली रहेको बताए। साथै, राष्ट्रिय स्वयंसेवक संघका संस्थापक डा। हेडगेवारको जन्मजयन्तीसमेत यही दिन भएकाले यसको विशेष महत्त्व रहेको उनले जोड दिए।

उक्त कार्यक्रम सम्पन्न भएको आयोजकले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर