रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बिम्स्टेक को छैटौं शिखर सम्मेलन सुरु

[sharethis-inline-buttons]

२२ चैत, बैङकक । बिम्स्टेक को छैटौं शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साङ्ग्रिला सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री प्रतिनिधिमण्डलका नेता हरुले सम्बोधन गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर