धनुषाधाम, चैत २६
नेपाल विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रद्वारा विद्युत सुरक्षा दिवस २०८१ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम वितरण केन्द्रका प्रमुख रोशन सिंह र प्रदेश सभा सदस्य संजय महतोको विशेष उपस्थितिमा सम्पन्न भयो।
धनुषाधाम(४ का वडा अध्यक्ष मनोज कुमार यादवको सहभागिता साथै केन्द्रका कर्मचारी र सुरक्षा कर्मीहरूको सक्रिय उपस्थिति रहेको उक्त कार्यक्रममा सुरक्षित रहौं, विद्युतको सुरक्षित उपभोग गरौं भन्ने नारासहित जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमको उद्देश्य विद्युत सुरक्षासम्बन्धी जनचेतना फैलाउनु तथा उपभोक्तालाई सुरक्षित विद्युत प्रयोगका उपायहरू जानकारी गराउनु रहेको आयोजकले जनाएका छन्।
विद्युत सुरक्षा दिवसको अवसरमा प्राधिकरणले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




