३१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका हिसाबले २०८१ साल औसत भएको टिप्पणी गरेका छन् । साथै २०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको बुझाइ छ । आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले २०८१ सालको समीक्षा सुनाउँदै भने, २०८१ सालमा सकारात्मक काम पनि भयो, नकारात्मक पनि भयो । समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भन्ने पनि भएन, धेरै निराशाजनक भन्ने पनि होइन । अब नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने उनले बताए । २०८१ ले २०८२ का लागि आधार भने दिएको छ, राम्रो काम गर्नका लागि,’ प्रचण्डले भने, ‘राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ, नयाँ वर्षमा संकल्प गर्नु नै छ ।
अध्यक्ष पुष्पकमल दाहाल, नयाँ वर्षमा नयाँ सरकार बन्ने परिस्थिति
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




