जनकपुरधामका चर्चित व्यापारी रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतो बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा कारवाही शाखाले शुक्रबार बलराम महतो विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । जनकपुरधाम उप–महानगरपालिका–४ का विष्णुदेव यादवको छोरा सन्तोषकुमार यादवको जाहेरिमा बलराम विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्लाको साविक रघुनाथपुर गाविस–४ हाल परिवर्तित सवैला नगरपालिका–१२ घर भई हाल जनकपुरधाम उप–१३ बस्ने रमण कन्सट्रक्सन प्रालिका सञ्चाल लक्ष्मी साह सुडीको छोरा ६२ बर्षिय बलराम महतो विरुद्ध बैकिङ्ग सम्वन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा घटना पश्चता फरार रहेको उनलाई पक्राउ पूर्जी जारी भएको छ । सन्तोष र बलराम बिच विगतमा गरिएको कारोवारमा करिव २५ करोडको लेनदेन भएको तर बलरामले आफूले ८ करोड मात्रै दिने भने पछि उनी विरुद्ध मुद्दा नै दायर गरिएको थियो । मुद्दामा उनलाई दोषी ठहर गरेपछि उनी सो पैसा नदिने भन्दै फरार भएका छन् । २०८१ चैत २१ ग्ते पुनरावेदन अदालतले समेत उनलाई दोषी ठहर गरेको छ । दोषी ठहर भए देखि उनी मोवाइल अफ गरेर फरार भएका छन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिए पनि यस बिषयमा धनुषाका एसपी भूवनेश्वर तिवारीले भने जानकारी दिन चाहेन । उनले यस बिषयमा आफू मुद्दा शाखामा बुझ्ने बताए पनि घटना सम्वन्धमा जानकारी भने दिन मानने । बलराम विरुद्ध शुक्रबार नै पक्राउ पूर्जी जारी भएको छ ।
बलराम महतो बिरुद्ध पक्राउ पूर्जी जारी, महतो फरार
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




