नागेन्द्र महरा,धनुषा – धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १२ र १३ अन्तर्गत पर्ने रघुनाथपुरस्थित सशस्त्र सुरक्षा प्रहरी बेस क्याम्पमा नयाँ मेष भवनको शिलान्यास गरिएको छ।
नगर प्रमुख कारीराम यादव र सशस्त्र प्रहरी निरीक्षकले संयुक्त रूपमा एक विशेष कार्यक्रमबीच भवनको शिलान्यास गर्नुभएको हो। नगर स्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको यो भोजनालय कक्षका लागि १० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।
निर्माण कार्य समरित कन्स्ट्रक्सन प्रा।लि।, गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ का संचालक अजय कुमार यादवको जिम्मेवारीमा भइरहेको छ। उनले जेष्ठ महिनाको मसान्तसम्म सबै निर्माण कार्य पूरा हुने जानकारी दिनुभयो।
शिलान्यास कार्यक्रममा नगरपालिका प्राविधिक रविन्द्र यादव, सुरक्षाकर्मीहरू तथा स्थानीयको उपस्थिति रहेको थियो। भवन निर्माणपछि बेस क्याम्पमा सुरक्षाकर्मीहरूको दैनिकी थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।




