रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

(रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट,प्रधानन्यायाधीश प्रकाशमान सिंहको इजलासमा

[sharethis-inline-buttons]

जेठ ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने आदेश भएको थियो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट सोमबार ‘घ’ नम्बरमा रहेको छ । उनीभन्दा अघि भ्रष्टाचार र बन्दीप्रत्यक्षीकरणकै अन्य मुद्दा छन् । लामिछाने हाल भैरहवा कारागारमा छन् । सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर