रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिकाद्वारा नव नियुक्त शिक्षकलाई नियुक्तिपत्र वितरण

[sharethis-inline-buttons]

सबैला, २०८२ जेठ ६ – सबैला नगरपालिकाले नव नियुक्त शिक्षकहरूलाई एक विशेष समारोहका बीच सम्मानपूर्वक नियुक्तिपत्र प्रदान गरेको छ। नगर प्रमुख कारीराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख रहिमा खातुन, सबै वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सबिर कुमार महतो, शिक्षा शाखा अधिकृत युवराज काफ्ले, प्रशासन शाखा प्रमुख बिरेन्द्र लाल कर्णसहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकको उपस्थिति रहेको थियो।

समारोहमा नगर प्रमुख यादवले शिक्षकहरूलाई राष्ट्र निर्माणमा समर्पित भावनाका साथ इमानदारीपूर्वक कार्य गर्न निर्देशन दिँदै भने, “शिक्षक नै समाज परिवर्तनका संवाहक हुन्। नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिमा कुनै कसर बाँकी राख्ने छैन।”

उपप्रमुख रहिमा खातुनले नव नियुक्त शिक्षकहरूलाई सफल कार्यकालको शुभकामना दिएकी थिइन् ।
शिक्षा शाखा प्रमुख युवराज काफ्लेले नियुक्ति प्रक्रिया पारदर्शी र योग्यता आधारित भएको स्पष्ट पार्दै शिक्षक छनोटमा अपनाइएको विधिबारे जानकारी गराए। प्रशासकीय अधिकृत महतोले नगरपालिकाको शिक्षा सम्बन्धी नीति, कार्यक्रम र भावी योजनाहरूबारे सहभागीहरूलाई अवगत गराए।
कार्यक्रमको अन्त्यमा नव नियुक्त शिक्षकहरूलाई औपचारिक रूपमा नियुक्तिपत्र वितरण गर्दै नगरपालिकाले उनीहरूको सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर