रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक

[sharethis-inline-buttons]

१४ असार, धनुषाधाम। सभामुख घिमिरेले एमालेका महेश बर्तौला, कांग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् । बैठक बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्नेछ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि सभामुख घिमिरे आजै छलफल गर्नेछन् । रास्वपाको संसदीय दलको बैठक भएकोले त्यसपछि परियारसँग छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ । आज प्रतिनिधि सभा बैठक ११ बजे बोलाइएको छ । त्यसअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर