१४ असार, धनुषाधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सम्बोधन गर्न लागेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीओली स्पेनको सेभिल्लामा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ सहभागी हुन आज बेलुका जान लागेका हुन्। स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नेपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त अवसरमा केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ। यस अगाडि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सन् २०२१ मा स्पेनको भ्रमण गरेकी थिइन्। भ्रमणको क्रममा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो।
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने, विदेश भ्रमणबारे जानकारी गराउने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




