जनकपुरधाम,
धनुषा जिल्लाको सदरमुकाम जनकपुरधामसहित मधेस प्रदेशका विभिन्न शहर तथा गाउँहरूमा अटो र ई(रिक्साको अनियन्त्रित सञ्चालनले यात्रुहरू मारमा परेका छन्। यात्रुहरूबाट मनोमानी रूपमा भाडा असुल भइरहेको भन्दै विद्यार्थी जनमत संघ, राजर्षि जनक विश्वविद्यालय कार्यसमितिले तत्काल भाडादर निर्धारण र नियमनको माग गर्दै जिल्ला प्रशासनलाई ज्ञापन पत्र पेस गरेको छ।
संघका अध्यक्ष सशिकान्त मंडलद्वारा हस्ताक्षरित मा उल्लेख गरिएको छ कि बिना रुट निर्धारण र अनुमति पत्रको संचालन, बिहारका व्यक्तिहरूद्वारा रिक्साको प्रयोग, सडकमा अवरोध तथा सुरक्षाको चुनौती झेल्नुपरेको जनाइएको छ। साथै, मानव बेचबिखन र लागुऔषध ओसारपसार जस्ता जोखिम बढ्न सक्ने खतरा पनि व्यक्त गरिएको छ।
संघले यस्ता गम्भीर समस्याको समाधान तत्काल नगरे जनआन्दोलनमा उत्रिने चेतावनी दिएको छ। उनीहरूले रिक्सामा चालक अनुमतिपत्र लागू गर्न, रुटअनुसार भाडादर निर्धारण गर्न र सरकारी नियमन प्रणाली अपनाउन माग गरेका छन्।




