रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरको राम जानकी हस्पिटलमा उपचाररत रञ्जित ठाकुरको अवस्था चिन्ताजनक, OBC महासंघ र नाइ समाजका नेता भेटघाटमा

[sharethis-inline-buttons]

– महोत्तरी जिल्लाको मठियानी नगरपालिका–७ निवासी रञ्जित ठाकुरको जनकपुरस्थित राम जानकी हस्पिटलमा हर्नियाको अपरेशनपछि स्वास्थ्य अवस्था गम्भीर बनेको छ। ठाकुरलाई पछिल्लो १० दिनदेखि भेन्टिलेटरमा राखिएको र अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ।

उनको अवस्था बुझ्न आज नेपाल पिछडा OBC महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर, नाइ समाजका केन्द्रीय अध्यक्ष डा. राजेन्द्र ठाकुर तथा जिल्ला सभापति लगायत प्रदेश उपाध्यक्ष उमेश ठाकुर अस्पताल पुगेर परिवारजनसँग भेटघाट गरेका छन्।

संस्थागत प्रतिनिधिहरूले रञ्जित ठाकुरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

पारिवारिक स्रोतका अनुसार चिकित्सकको निगरानीमा राखिएको र थप उपचारका लागि परामर्श भैरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर