रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सप्तरीमा प्रहरी–स्थानीय झडप गोली लागी एक जनाको मृत्यु

[sharethis-inline-buttons]

शुभनारायाण यादव ।राजविराज, साउन २३ –
सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति प्रहरी र स्थानीयबीच भएको झडपमा गोली लागी एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, मध्यराति तस्करी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। सो क्रममा केही स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

प्रहरीले भीड नियन्त्रणका क्रममा केही राउन्ड गोली चलाएको र सोही क्रममा अन्दाजी ३६ वर्षीय लालु यादवको तिघ्रामा गोली लागेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। गम्भीर घाइते यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

झडपमा एक जना प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट भारततर्फ तस्करी गर्न लागिएको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर