भदौ, १ जनकपुरधाम । सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिबार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका(६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका(१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका(२ का राम आछामे रहेका छन्। पक्राउ परेकाहरूको साथबाट १४।३५ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।
तपाईको प्रतिक्रिया




