काठमाडौं, भदौ २३ – खानेपानी मन्त्रीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
मन्त्रीले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन गर्दै सरकार र प्रशासनले गरेको दमनको विरोधस्वरूप राजीनामा दिएको स्पष्ट पारेका छन्।
उक्त वक्तव्यमा मन्त्रीले युवाहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूलाई आफ्नो जोश र उर्जाका सूत्रधारू भनेका छन्। साथै उनले संयमता अपनाउन र युवा पुस्तालाई सहि मार्गदर्शन गर्न सबैलाई आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया




