रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

युवाहरूको पहलमा सडक मर्मतसम्भार कार्य सुरु

[sharethis-inline-buttons]

 

प्रमोद शर्मा
सबैला नगरपालिका वडा नं.१३ का युवाहरूले सामूहिक रूपमा दिएको निवेदनको फलस्वरूप आज सडक मर्मत कार्य सुरु गरिएको छ। युवाहरूको पहल र नगरपालिकाको सहकार्यमा रघुनाथपुरदेखि किरतपुर बजारसम्मको सडकमा रहेका खाल्डाखुल्डीहरू मिलाउने काम प्रारम्भ गरिएको हो।

पहिलो चरणमा मुख्य बाटोका खाल्डाखुल्डीहरू सम्याउने र आवश्यक स्थानहरूमा ग्राभल बिछ्याउने योजना बनाइएको थियो। यसका लागि ट्याक्टरहरू पनि तयारी अवस्थामा राखिएका थिए। तर, ढोलबाजादेखि रघुनाथपुरसम्मको खाल्डाखुल्डी मिलाउने क्रममा अन्तिमतिर पुगेपछि जेसीबी मेसिनको पाइप फुटेकाले काम रोकिएको छ। त्यस कारण ग्राभल बिछ्याउने काम अस्थायी रूपमा स्थगित गरिएको हो।

अब जेसीबी मर्मत सम्पन्न भएपछि पुनः ल्याई बाँकी काम सम्पन्न गर्ने योजना रहेको युवाहरूले बताएका छन्। यस अभियानमा वडा अध्यक्ष र मेयर कारीराम यादवले सहयोग र सहजीकरण गरेको भन्दै युवाहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनहरूमा पनि नगरपालिकाबाट निरन्तर सहयोगको आशा व्यक्त गरेका छन्।

युवाहरू, समाजसेवी र राजनीतिकर्मीहरूको सामूहिक पहल र एकताबाट सुरु भएको यो काम स्थानीय स्तरमा विकासका लागि प्रेरणादायी उदाहरण बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर