कंचन कुमारी ठाकुर, धनुषा ।
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) धनुषाधाम नगर कमिटीको विस्तारित बैठक अध्यक्ष योगकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य असर्फी भिन्वार यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो ।
बैठकमा पार्टी धनुषा अध्यक्ष भोला यादव ,सचिव दिपन ठाकुर , प्रदेश सदस्य संजय यादव, केदार अधिकारीलगायत नगरका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बैठकले दीपावली, छठ पर्व र सामा–चकेवा पर्वका अवसरमा सम्पूर्ण नगरवासीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ । साथै, पार्टी संगठन सुदृढीकरण र जनसंपर्क विस्तारका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया




