धनुष टिभी , धनुषा । शहीदनगर नगरपालिका प्रमुख दिनेश प्रसाद यादवले निर्माणाधीन प्राथमिक स्वास्थ्य केन्द्र(PHC) को अस्थलगत स्थल पुगेर आज निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा नगर प्रमुख यादवले निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताउँदै गुणस्तरीय काममा कुनै सम्झौता नगरिन निर्देशन दिनुभयो ।
उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग जोडिएको क्षेत्र भएकाले निर्धारित समयभित्र काम सम्पन्न गर्न ठेकेदार पक्षलाई आग्रह गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया




