रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा–१ मा एमालेको नाम सिफारिस विवाद, बैठक स्थगित

[sharethis-inline-buttons]

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार नाम सिफारिस गर्ने क्रममा विवाद उत्पन्न भएको छ। आइतबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकमा २१ जनाको नाम सिफारिस गरिएपछि विवाद भएको हो।
बैठकमा एमाले नेत्री जुली कुमारी महतोको नाम सिफारिस भएलगत्तै आपत्ति उठेपछि बैठक स्थगित गरिएको क्षेत्रीय कमिटी अध्यक्ष जोगि यादवले जानकारी दिए। उनका अनुसार सिफारिस सूचीमा सविता यादव, रामसिंह यादव, रामचन्द्र मण्डल, जुली कुमारी महतो, असर्फी भिन्वार यादव, राजकिशोर यादव, रेणु देवी, सि.पी। यादव , उमाशंकर अरगरिया यादव, सरोज कुमार यादव, केदार कुमार अधिकारी, ईश्वर पोखरेल, सुरेन्द्र कुमार साह, रेणु देवी झा, अछेलाल यादव, राम उदगार, सालिग्राम यादव, सुनिल कुमार र सञ्जय कुमार लगायतका नाम परेका छन्।
धेरै आकांक्षीको नाम एकैपटक सिफारिस भएपछि सहमति जुट्न नसकेको बताउँदै अध्यक्ष यादवले भोलि पुनः बैठक बसेर निष्कर्षमा पुग्ने जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर