रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेशबाट महन्थ ठाकुर राष्ट्रियसभा सदस्यमा निर्वाचित

[sharethis-inline-buttons]

धनुष टिभी,जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) का संरक्षक ८३ वर्षीय महन्थ ठाकुर मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्य क्लस्टरतर्फ उम्मेदवार बनेका ठाकुरले ७ हजार ७२५ मत ल्याउँदै स्पष्ट बहुमतका साथ विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेलले १ हजार ८०५ मत प्राप्त गरेका छन् भने ३१५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको गठबन्धनबाट उम्मेदवार बनेका ठाकुर प्रतिनिधिसभाका निर्वतमान सदस्यसमेत हुन्।
उनको विजयलाई मधेशमा गठबन्धनको बलियो राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर