रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

Climate Smart Agriculture Project अन्तर्गत दिगम्बरपुरमा संयुक्त अनुगमन तथा अवलोकन

[sharethis-inline-buttons]

Climate Smart Agriculture Project अन्तर्गत दिगम्बरपुरमा संयुक्त अनुगमन तथा अवलोकन सम्पन्न भएको छ।
धनुषा।
Climate Smart Agriculture Project (TAECF Challenge Fund) अन्तर्गत साना किसान कृषि सहकारी संस्था लि. दिगम्बरपुर, धनुषा र GGGI | KOICA को सहकार्यमा सञ्चालन भइरहेको परियोजनाको सरकारी अधिकारीहरूद्वारा संयुक्त अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ।
साना किसान कृषि सहकारी संस्था लि. दिगम्बरपुरको सभा हलमा सम्पन्न कार्यक्रम संस्था अध्यक्ष लक्ष्मी कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो। GGGI / KOICA सँगको सम्झौता अनुसार सञ्चालनमा रहेको परियोजनाअन्तर्गत प्रगति, कार्यान्वयन अवस्था र प्रभावकारिताबारे छलफल तथा स्थलगत अवलोकन गरिएको थियो।
अनुगमन कार्यक्रममा संस्था प्रबन्धक चन्द किशोर प्रसाद सिंह, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मोद कुमार महतो, अध्यक्ष अवध किशोर यादव, संस्था उपाध्यक्ष रामपुकार यादव, क्षि.न.पा. ८ स्थित स्वास्थ्य केन्द्र प्रतिनिधि कृष्ण बहादुर राई, कृषि अधिकृत मनिषा यादव, कृषि प्रविधिक निलम कुमारी सिंह, सञ्चालक समिति प्रतिनिधि पोएट बहादुर जिरी, लेखा समिति सदस्य देवेन्द्र प्रसाद महतो, सञ्चालक समिति सदस्य जोगी महतो, समाजसेवी विनोद प्रसाद साह, जनप्रतिनिधि जंग बहादुर लामा, वडा सचिव नगेश्वर यादव, विमला धिमिरे, अर्पक कार्की, सोमिन्द्र कुमार, बैकुण्ठ कुमार श्रेष्ठलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सरकारी अधिकारीहरूले जलवायु अनुकूल कृषि प्रविधि, किसानको क्षमता अभिवृद्धि, संस्थागत सहकार्य तथा परियोजनाले स्थानीय कृषिमा पुर्‍याएको सकारात्मक प्रभावबारे उत्साहजनक धारणा व्यक्त गरेका थिए। परियोजनाले दीगो कृषि विकास, उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर