रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

इशिका विकलाई न्यायको माग गर्दै गणेशमान चारनाथमा महिला सञ्जालको प्रदर्शन

[sharethis-inline-buttons]

धनुषा — गणेशमान चारनाथ नगरपालिकामा महिला सञ्जालको अगुवाइमा इशिका विकलाई न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ।
महिला अधिकार र न्याय सुनिश्चितताको माग गर्दै आयोजित उक्त प्रदर्शनमा स्थानीय महिला नेतृ तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महिला नेतृ श्री बिन्दु मास्केको नेतृत्व रहेको थियो भने गणेशमान चारनाथ नगरपालिकाकी नगर उपप्रमुख तुलसा कुमारी पाण्डे पटेल, सबैला नगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुन, साथै कमला कमलमाया मगर, रेखा यादव, नीलम तामाङ लामा र राधा लामा लगायतका महिलाहरू सहभागी भएका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले इशिका विकमाथि भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका थिए। उनीहरूले पीडितलाई शीघ्र न्याय दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महिला हिंसा र सामाजिक अपराध अन्त्यका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले यस्ता घटनाले समाजमा असुरक्षा बढाउने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ नगर्न आग्रह गरेका थिए। उनीहरूले महिला अधिकारको संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर