धनुषा — करिब डेढ दशक लामो पत्रकारिता यात्रापछि पत्रकार रामहृदय यादव सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। उनी यसअघि यादव प्रेस मंच नेपाल मधेस प्रदेशका अध्यक्षसमेत रहिसकेका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका हुन्। शुक्रबार आयोजित कार्यक्रममा उनलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा जिल्ला सभापति लक्ष्मेस्वर यादव र अम्भु प्रसाद साहले शुभकामना दिएका थिए।
यादवले अब ग्रामीण तहबाट जनताका समस्या समाधानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया





