रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

अजवलाल यादवको २५औँ स्मृति दिवस मनाइयो, आन्दोलन जोगाउनुपर्नेमा जोड

[sharethis-inline-buttons]

धनुष टिभी ,धनुषा —
नेपाली कम्युनिष्ट पार्टी धनुषाधाम नगर कमिटीले जनयुद्ध सहिद अजवलाल यादव को २५औँ स्मृति दिवस मनाएको छ।
नगर अध्यक्ष विश्णी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नवनिर्वाचित सांसद मातृकाप्रसाद यादव सहभागी भएका थिए भने विशेष अतिथिमा सांसद योगकुमार बरबरिया यादव रहेका थिए।
कार्यक्रममा सहिद अजवलाल यादवकी श्रीमती सिला यादव, बहिनी ममता यादवसहित प्रदेश सदस्य दीपक यादव, रोशन यादव, युगेश्वर यादव, प्रशुराम यादव, सबैलाका मेयर कारिराम यादव, उपमेयर रहिमा खातुन, किशोरी साह, दुखी यादव, वडा अध्यक्ष मनोज यादव, सेराज यादव, सुनिल कापर लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मातृकाप्रसाद यादवले अहिले आन्दोलनलाई “बेच्ने कि बचाउने” महत्वपूर्ण समय आएको बताउँदै अहिलेसम्मका उपलब्धि खतरामा रहेको धारणा व्यक्त गरे। उनले देशभरका कार्यकर्तामा चिन्ता बढिरहेको उल्लेख गर्दै आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर