रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नवनियुक्त प्रधानमन्त्री बालेन शाह पदभार ग्रहण गर्न सिंहदरबार पुगे

[sharethis-inline-buttons]

१३ चैत्र धनुषाधाम | नवनियुक्त प्रधानमन्त्री बालेन शाह पदभार ग्रहण गर्न सिंहदरबार पुगेका छन्। पदभार ग्रहणका लागि आवश्यक औपचारिक तयारी पूरा भएपछि उनले केहीबेरमै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम रहेको छ।

शाहको आगमनसँगै सिंहदरबार परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ भने कर्मचारी तथा समर्थकहरूको पनि चहलपहल बढेको देखिएको छ। पदभार ग्रहणपछि उनले राष्ट्रका नाममा छोटो सम्बोधन गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

नयाँ प्रधानमन्त्रीका रूपमा शाहले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने अपेक्षा गरिएको छ। नागरिकस्तरबाट पनि उनको कार्यकालप्रति चासो र अपेक्षा उच्च देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर