रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

ओली पक्राउविरुद्ध एमालेको प्रदर्शन चर्कियो, प्रतिवेदन जलाइयो

[sharethis-inline-buttons]

१४ चैत, काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् । उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यस्तै, शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् ।

अध्यक्ष ओलीलाई रिहाइको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् । उनीहरुले पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर