जनता समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघका प्रदेश अध्यक्ष कमलेश यादवले मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री मनीष सुमनलाई कडा चेतावनी दिएका छन्।
उनले यातायात कार्यालयमा लामो समयदेखि भइरहेको चरम भ्रष्टाचार र दलालतन्त्र अन्त्य गर्न मन्त्री स्वयंले तुरुन्त कदम चाल्नुपर्ने बताएका छन्। यादवले सार्वजनिक रूपमा चेतावनी दिँदै भने, “तपाईं आफ्नो मन्त्रालय अन्तर्गत भइरहेको बेथिति नियन्त्रण गर्न तत्काल एक्शनमा आउनुहोस्, अन्यथा हामी आफैं हस्तक्षेप गर्न बाध्य हुनेछौं।”
उनका अनुसार यातायात कार्यालयमा सेवाग्राहीहरू दिनहुँ हैरानी खेप्न बाध्य छन् भने बिचौलियाको सक्रियताले सेवा प्रणाली नै प्रभावित बनेको छ।
युवा संघले भ्रष्टाचारविरुद्ध कडा आन्दोलनको तयारीसमेत गरिरहेको संकेत दिँदै सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
यातायात कार्यालयको भ्रष्टाचारविरुद्ध एक्शनमा आउन मन्त्रीलाई चेतावनी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर





