रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

“मन्त्रि सुधार नदेखिँदा जसपा अध्यक्षले समाधान खोज्ने दिए संकेत”

[sharethis-inline-buttons]

मधेस प्रदेश सरकारका केही मन्त्रीहरूको कार्यशैलीमा सुधार नदेखिँदा जनता समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव ले आज सामाजिक सञ्जालमा आफ्ना विचार व्यक्त गर्नु भएको छ।
उनले प्रदेश सरकारका मन्त्रीहरूले जनताको अपेक्षा अनुसार कार्य नगरेको उल्लेख गर्दै, “यसरी निरन्तर बेथिति रहिरहे उपयुक्त उपचार वा समाधानको खोजी गर्नु अपरिहार्य हुन्छ,” भनेका छन्।
यादवका अनुसार जनतासँग सम्बन्धित कार्य र सेवा प्रणालीमा सुधार नआए जनहितको रक्षा गर्न अन्य विकल्प अपनाउनुपर्ने अवस्था आएको छ। सामाजिक सञ्जालमा उनले सरकारका कार्यशैलीमा सुधारको माग गर्दै चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर