काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण गिरफ्तारीविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमनको नेकपा (एमाले)सचिवालयले घोर भर्त्सना गरेको छ।
सचिवालयको बैठकले विरोध कार्यक्रम यसरी तय गरेको छ।
चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला आयोजना।
१.चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन।
२.वैशाख ३ गते वडा तहमा भेला।
३.वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन।
४.वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन।
साथै, विद्यार्थी तथा पेशागत संगठनका गतिविधि समेत समेट्दै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने, र पार्टीको घोषणा अनुसार प्रभावकारी बनाउने निर्णय गरिएको छ। भोलि बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्नेछ।
सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइएको छ।
संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति दिन उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल जिम्मेवार रहेका छन्। संसदीय दलको बैठक भोलि ३ बजे पार्टी कार्यालयमा बस्नेछ।भने आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।
ओली–लेखक गिरफ्तारीविरुद्ध एमालेको विरोध कार्यक्रम सार्वजनिक
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर





