धनुषा । कमला नदीमाथि निर्माणाधीन कमला पुललाई तोकिएकै समयभित्र सम्पन्न गर्न सरकार उच्चस्तरबाट सक्रिय देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको विशेष चासोपछि पुल निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको हो।
यसैक्रममा सांसद शिव यादवले हुलाकी सडक आयोजनाका अधिकारीसहित स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले निर्माण प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै कुनै पनि बहानामा ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारे।
सांसद यादवले असार महिनाअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिँदै छिट्टै सर्वसाधारणका लागि पुल खुला गरिने बताए। “अब कुनै बहाना चल्दैन, काम तीव्र गतिमा अघि बढेको छ, छिट्टै पुल सञ्चालनमा आउँछ,” उनले भने।
हुलाकी सडक आयोजनाअन्तर्गतको यो पुल सञ्चालनमा आएपछि धनुषा लगायत मधेस क्षेत्रको यातायात आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।
कमला पुल अनुगमन : छिट्टै सञ्चालनमा ल्याइने दाबी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर





