रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मन्त्रीरिषद्का निर्णय ९० मिलियन डलर ऋण स्वीकृत, दुई दिन सार्वजनिक बिदा

[sharethis-inline-buttons]

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले डिजिटल पूर्वाधार विस्तारका लागि डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट अन्तर्गत एशियाली विकास बैंक र विश्व बैंक बाट क्रमशः ४० मिलियन र ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
त्यसैगरी, दिगो र समावेशी वित्त परियोजनाका लागि पनि विश्व बैंक बाट ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ।
बैठकले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापनसम्बन्धी सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। यस्तै, राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरिएको छ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। साथै, शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।
त्यसैगरी, डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरिएको छ। आगामी शैक्षिक सत्र २०८३ साल वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर